बाँके। कोरोना संक्रमणबाट बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि भेरी अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा परीक्षण गर्दा वैशाख १ गते कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको थियो। उनलाई एक सातादेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनलाई दमको पनि समस्या रहेको अस्पतालले जनाएको छ।

