काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आइरहेका ती टिपर आपसमा ठक्कर खाएका हुन् ।
बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति नभएको साँखु प्रहरी कार्यालयकी प्रमुख फूलमाया घिसिङले रातोपाटीलाई जानकारी दिइन् । दुर्घटनामा एकजना चालक सामान्य घाइते भएका छन् ।
एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३–०१–००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन् । घाइते एक सवारी चालकलाई उद्धार गरेर साँखुमा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको छ ।

