जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी हो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास गरेको तर सफल नभएको बताएका छन् ।

कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए । अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको उनले बताए ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अझै कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको बताए ।

उनले कम्युनिष्ट पार्टीलाई एउटा मुख्य शक्ति बनाउने प्रयासमा आफूहरु लागि परेको र त्यसमा सकारात्मक प्रगति भइरहेको बताए । यो अवसरमा सबैले एकता र सहकार्यका लागि नयाँ संकल्प लिनुपर्ने बताउँदै उनले सिद्धान्त र विचारमा प्रतिवद्ध रहेर कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर