उपेन्द्र यादवले पनि आफूलाई मतदान गर्न नपाउने

काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँलाई मतदान गर्न नपाउने हुनुभएको छ । आफ्नो मतदाता नामावली सुनसरीमा रहेकाले आफूले यसपटक मतदान गर्न नपाएको यादवले बताउनुभयो ।

यस्तै, जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार शिवचन्द्र कुशवाहाले मतदान गर्नुभएको छ । महागढीमाई नगरपालिका २ बरैयाटोलस्थित स्वास्थ्य चौकीको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर