काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) पन्जाब किंग्सले मुम्बई ईन्डियन्सलाई हराएको छ । शनिबार राति वांगखडे क्रिकेट स्टेडियममा पन्जाबले मुम्बईलाई १३ रनले हराएको छ ।
जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रन बनायो । मुम्बईका लागि क्यामरुन ग्रीनले ६७ र सुर्यकुमार यादवले ५७, कप्तान रोहित शर्माले ४४ तथा टिम डेबिडले अविजित २५ रन बनाए ।
पन्जाबका लागि अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन र नाथन एलिसले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान साम करनले ५५, हरप्रित सिंहले ४१, जितेश शर्माले २५, अथर्व ताईडेले २९, प्रभशिमरन सिंहले २६ तथा म्याथ्यु शर्टले ११ रन बनाए ।
मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान २/२ तथा जेसन बेहरानड्राफ्ट, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान १/१ विकेट लिए ।