काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी)ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले अहिले आफूहरु सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनीभूत ढंगले लागि परेको उल्लेख गर्दै त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने दावीसमेत गरे।

