सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर एक लाख ९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले घटेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय