समस्याग्रस्त अर्थतन्त्र सुधारका लागि सबैको सामूहिक प्रयास आवश्यक छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताएका हुन्।

‘अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन। यो परिवेश कसरी विकास भयो र कहाँ-कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ। त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ।’

अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उनले बताए। मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको पनि अर्थमन्त्री महतको दाबी छ। ‘अर्थतन्त्र एकदमै कहालीलाग्दो अवस्थामा होइन। हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौं। अहिले देखिएका समस्यालाई हल गर्न सक्छौं। त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ। अवश्य पनि समस्याका चाङ छन्। सबै समस्यालाई हटाउन केही समय लाग्छ। केही धैर्यको आवश्यकता पर्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय