कतिमा कारोबार हुँदै छ आज सुनचाँदी ?

काठमाडौँ । आज बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी आज पनि हिजोकै मूल्य १४१५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर