मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित छिन् । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ ।

“करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र कीराको प्रकोपले समस्या सिर्जना गर्छ”, उनले भनिन् ।

जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान, ज्यामरुककोट, भकिम्ली लगायतका गाउँमा लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा कतै मकै भर्खरै उम्रेको छ भने कतै गुवा हाल्दै गरेको र गोडमेल गर्ने समय भएको छ । सबै मकैका बोटमा फौजी कीराको प्रकोप बढ्न थालेपछि किसान चिन्तित भएको केन्द्रको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर