काठमाडौं । एसीसी प्रिमियर कपमा आज बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपाल यो जितसँगै समूह विजेता बन्यो ।
कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सफल बन्यो ।
कतारलाई अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने ।
कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा बनाएका थिए ।