काठमाडौं। काठमाडौं महानगरपालिकाले आज बिहीबार मापदण्ड विपरीत संचालन गरिएको कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ। बिहीबार महानगरले विगत ५ वर्षदेखि घरको सटरमा संचालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो।
असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले आयल निगमलाई महानगरभित्र पर्ने पेट्रोल पम्पहरूको अवस्थाको बारेमा सोधेको थियो। साथै निगमले मापदण्ड बाहिरका पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने प्रतिबद्धता जनाएको थियो।

