गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौं। गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका छन् ।

गोरखा २ ‍(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा ३५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर