काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। नवनियुक्त मुख्यमन्त्रीले पाण्डेले शपथ ग्रहण शुक्रवार लिने भएका छन्।
नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले वैशाख ९ गतेको प्रदेश सभा बैठकमा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो।
केन्द्रीय नेताहरूको समझदारी अनुसार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो नेतृत्व काँग्रेसलाई दिन सहमत भएपछि हस्ताक्षरसहित काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्। काँग्रेस र माओवादीका सांसदको समर्थन लिएर पाण्डेले मुख्यमन्त्री दाबी गरेका थिए। बहुमत सांसदको दाबीअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त भएका हुन्।

