बाजुरा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ। गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर