काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ।प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा आज पनि सो बिद्येयक समावेश नभए पछि छलफल नहुने भएको हो।
तर आजको बैठकमा संघीय संसद अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरुको नाम भने मनोनयन हुने भएको छ। आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयनमात्रै हुने उल्लेख छ।

