आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

आज आइतबार बिहान देशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू(भागहरूमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, पहाडी भू(भागका र तराईका केही स्थानहरुमा मेघगर्जन(चट्याङ्गसहित हल्का(क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने छ । त्यस्तै, पहाडी भू(भागका तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का(क्षणिक वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर