एसीसी मेन्स प्रिमियर कप : फाइनल रद्द भए नेपाल च्याम्पियन

काठमाडौं । जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुँदै एसिया कपका लागि छनोट हुने छन् ।

नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय