काठमाडौं । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्किनुभएको छ । वैशाख ६ गते उपचारका लागि भारत गएका पौडेल आइतबार नै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किनुभएको हो ।
उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएका छन्।

