काठमाडौं । म्यान्चेस्टर सिटीले फुल्हमलाई पराजित गर्दै इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएकाे खेलमा फुल्हमलाई उसैको मैदानमा पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो। आइतबार रातिको खेलमा सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।
फुल्हमका आल्भेस मोरेइसले एक गोल फर्काए थिए। आइतबार रातिको जितसँगै सिटीले ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल बढी खेलेको आर्सनल ७५ अंकसहित दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको न्युकासल युनाइटेडको ६५ अंक छ । आइतबार राति भएको खेलमा न्युकासलले साउथ ह्याम्पटनलाई ३–१ ले पराजित गरेकाे छ । यसैगरी म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दा लिभरपुलले टोटन ह्याम हट्सपरमाथि ४–३ को सनसनीपूर्ण जित निकाल्यो ।
प्रिमियर लिगकै अर्को खेलमा बर्नमाउथले लिड्स युनाइटेडलाई ४–१ ले पराजित गरेकाे थियाे ।