काठमाडौं – एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबिच सोमबार वर्षाले अवरुद्ध फाइनलको बाँकी खेल मंगलबार हुने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको स्थितिमा खेल फेरि रोकिन पुगेको थियो।
दोस्रो पटक वर्षाले अवरुद्ध गरेपछि खेल फेरि शुरु गर्न सम्भव नभएपछि मंगलबारका लागि सारिएको हो। अब मंगलबार आजकै खेल स्थितिबाट खेलाइने नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ।
त्यसअघि युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएका वेला वर्षाले केहीबेर रोकिएपछि खेल फेरि सुरु भएको थियो।