उपचारमा लागेको सम्पूर्ण खर्च राष्ट्रपति आफैले बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको सम्पूर्ण खर्च आफैले बेहोर्ने भएका छन्।

राष्ट्रपतिका तर्फतबाट उनका प्रेस संयोजक खिला कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा त्रिवि शिक्षण अस्पताल र दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा गरिएको सम्पूर्ण उपचार खर्च आफैँले बेहोर्न चाहेको उल्लेख छ।

प्रेस संयोजक कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचार भएको सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइमा विदितै छ। उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ।’

वैशाख ६ गते उपचारका लागि भारत गएका पौडेल गत आइतबार स्वदेश फर्किएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर