माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं। माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बिहान बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

सो आईपीओमा कुल १३ लाख ६३ हजार २६६ आवेदकबाट १ करोड ५१ लाख ६५ हजार ८३० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये कम्पनीको आईपीओमा १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको छ। यस्तै, ८९ हजार ८३० जनाको आवेदन रद्द भएको छ।

स्वीकृत आवेदनमध्ये १ लाख २६ हजार ९४१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन्। त्यस मध्येबाट पनि एक जना भाग्यमानीले थप एक कित्ता शेयर पाएका छन्।
सो आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ।

कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १ लाख २६ हजार ९४१ कित्ता शेयर निष्काशन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय