काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन्।
आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उनले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताका हुन्। अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए।

