अनुमा आत्महत्या प्रकरणमा प्रेमी भनिएका डा.ढकाल पक्राउ

काठमाडौं। शनिबार अपराह्न मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका प्रेमी भनिएका डा.सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ। विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले प्रेमी ढकाल तथा उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए।

प्रहरी वृत्त बालाजुले ढकाललाई नियन्त्रणमा लिएर दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाएको छ। शनिबार ढकालको बोहोराटारस्थित निवासमा पुगेर वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठले आत्महत्या गरेकी थिइन्।

श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा ढकाल र उनको परिवारले पहिले विवाह गर्ने आश्वासन देखाएको तर अहिले आएर विवाह गर्न अस्वीकार गरेको उल्लेख गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर