रियासा र भिक्टरले गरे विवाह

काठमाडौं । कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलले विवाह गरेका छन् ।

आज बुधबार उनिहरुले आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा भएको हो। रियाशा र भिक्टर ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ तर उनीहरूले आफ्नो प्रेम सम्बन्धबारे भने कुनै पनि कुरा बताएका थिएनन्।

रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन्। यस टेलिसिरियलमा रियाशा धनी बाबुकी छुच्ची छोरीको भूमिकामा देखिरहेकी छन्।

रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय