तनहुँमा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

तनहुँ। तनहुँको एक घरमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नंम्बरको ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो।

दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर