इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फुल्हमलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फुल्हमलाई हराएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले फुल्हमलाई १–० ले हराएको हो ।

लिभरपुलका लागि मोहम्मद सलाहले ३९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो ।

जितसँगै लिभरपुल ५९ अंकका साथ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । फुल्हम ४५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय