आइपीएलमा कोलकत्ताले हैदराबादलाई हरायो

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले सनराईजर्स हैदराबादलाई हराएको छ ।

बिहीबार राति हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा कोलकत्ताले हैदराबादलाई ५ रनले हराएको हो । जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनायो ।

हैदराबादका लागि कप्तान एडेन माक्ररमले ४१, हेनरिक क्लेशनले ३६, अब्दुल समादले २१ तथा राहुल त्रिपाटी र मंयक अग्रवालले समान १८/१८ रन बनाए । कोलकत्ताका भैबभ अरोरा र शार्दुल ठाकुरले २/२ तथा हर्षित राणा,अनुकुल रोय, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

कोलकत्ताका लागि रिंकु सिंहले ४६, कप्तान नितिश राणाले ४२, आन्द्रे रसेलले २४ तथा जेसन रोयले २० रन बनाए ।

हैदराबादका लागि मार्को यानसन र टी नटराजनले समान २/२ तथा भुवनेश्वर कुमार, कार्तिक त्यागी, एडेन माक्ररम र मंयक मारकण्डेले समान १/१ विकेट लिए ।

यस सिजनको पहिलो खेलमा हैदरावादले कोलकत्तालाई २३ रनले हराएको थियो ।

जितसँगै कोलकत्ता ८ अंक जोड्दै तालिकाको आठौं स्थानमा रहेको छ । त्यस्तै हैदरावाद ६ अंकसहित नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय