काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन्। आज एक वक्तव्य जारी गर्दै उनले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरी दिन सबैमा आग्रह गरेका छन्।
नक्कली शरणार्थी प्रकरणमा आफू संलग्न नभएको र तथ्यहीन कुराहरू सञ्चारमाध्यममा आएको उनको दाबी छ। पूर्वगृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ।’

