संघीय संसद्‍का दुवै सदनको अधिवेशन भोलिदेखि

काठमाडौं । संघीय संसद्‍का दुवै सदनको अधिवेशन भोलिदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरिसकेका छन् ।

संसद् सचिवालयले पनि सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ । गत वैशाख १५ गते रातिदेखि दुवै सदनको संसद् अधिवेशन अन्त्य भएको थियो ।

बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । १५ जेठमा बजेट प्रस्तुत गर्नैपर्ने बाध्यकारी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर