एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनमाथि २–१ को जित निकालेको हो ।
खेलको ६२ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरूवाती अग्रता दिलाए । ७२ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८६ औं मिनेटमा निकल्सले गोल गर्दै ब्रेमेनलाई २–१ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल हुन नसके पछि खेल बायर्नले २–१ ले जितेको छ ।
जितसँगै शीर्ष स्थानको बायर्नको ३१ खेलबाट ६५ अंक पुगेको छ । ब्रेमेन ३५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।