प्रतिनिधिसभामा आव ०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता विधेयक पेश

काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत प्रतिनिधि सभामा पेश गरेका छन् ।

विनियोजित विधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै अर्थमन्त्री डा। महतले आर्थिक समस्याका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटमा दिगो र फराकिलो आर्थिक समुन्नत, सुशासन र प्रभावकारी बजेट ल्याउने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिएको बताए ।

व्यापक रोजगारीको वृद्धि, आर्थिक सुशासन कायम गर्दै समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने उनले बताए । वित्त घाटालाई वाञ्छित सीमा भित्र राखिने, बाह्य क्षेत्रको सुधारमा केन्द्रित हुने उनले बताए । रोजगारीको सिर्जनमा केन्द्रित हुने र गरिबी निवारणमा बजेट केन्द्रित हुनेछ उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय