भैरहवाबाट काठमाडौं उडेको श्रीको जहाज फर्केर रनवेमै

भैरहवा। भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ। उडेको १८ मिनेटमै पुनः भैरहवा विमानस्थलमै अवतरण गरेको हो।

स्रोतका अनुसार आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको हो। उडिरहेको जहाजको पांग्राभित्र नपसेपछि जहाज भैरहवा फर्काइएको जनाइएको छ।

विमान ९ः ५७ बजे ल्यान्ड भएको हो। अहिले जहाजमा रहेका यात्रुहरूलाई डिपार्चर कक्षामा राखिएको छ। सबै यात्रुहरू सकुशल छन्।जहाज रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर