म्याद थप गर्न बालकृष्ण खाँणलाई अदालत लगियो

काठमाडौं। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालय लगिएको छ।

पक्राउपछि काठमाडौं प्रहरी परिसर टेकुमा लगिएका खाँणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो। सरकारी वकिलको कार्यालयबाट अब उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर