च्याम्पियन्स लिग : इन्टर मिलानले एसी मिलानलाई हरायो

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इन्टर मिलानले एसि मिलानलाई हराएको छ ।

बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले घरेलु टोली एसि मिलानलाई २–० ले हराएको हो ।

खेलको आठौं मिनेटमा इडेन जिकोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । त्यसपछि ११ औं मिनेटमा हेनरिक मिख्तेरियानले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

जितसँगै इन्टरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब १६ मेमा दोस्रो लेगमा हुनेछ ।

च्याम्पियन्स लिगको अर्को सेमिफाइनलमा इंग्ल्याण्डको म्यानचेस्टर सिटी र स्पेनको रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय