युभेन्टस र सेभियाले बराबरी खेले

एजेन्सी । युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र सेभिल्लाले बराबरी खेलेका छन् ।

इटालीको युभेन्ट्स र स्पेनिस क्लब सेभियाले १–१ को बराबरी खेलेका हुन् ।

खेलको २६ औं मिनेटमा युसुफ नासिरीले गोल गर्दै सेभिल्लाकालाई अग्रता दिलाएका थिए । त्यसपछि, इन्जुरी समयको अन्तिम मिनेटमा फेडेरिको गट्टीले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए ।

अब दोस्रो लेग मे १९ मा सेभिल्लाको मैदानमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय