आईपीएल : मुम्बईले गुजरातलाई हरायो

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाईटन्सलाई हराएको छ ।

शुक्रबार राति वान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा मुम्बईले गुजरातलाई २७ रनले हराएको हो ।

जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो ।

गुजरातका लागि राशिद खानले ७९, डेबिड मिलरले ४१, विजय शंकरले २९ तथा राहुल तिवातियाले १४ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका लागि अकाश मधवालले ३ तथा कुमार कार्तिक्य र पीयुष चावलाले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो बलिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

मुम्बईका लागि शुर्यकुमार यादवले १ सय ३ रनको शतकीय ईनिङ्स खेले । यस्तै, इशान किशनले ३१, कप्तान रोहित शर्माले २९, विष्णु विनोदले ३० तथा नेहाल वाधेराले १५ रन बनाए ।

गुजरातका लागि राशिद खानले ४ विकेट लिए ।

जितसँगै १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हारका बावजुद १२ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थान यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय