काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाइ जिल्ला अदालत काठमाडौं लगिएको छ। हिजो साँझ पक्राउ परेका रायमाझीलाई आज सोमबार सोरहखुट्टे प्रहरी चौकीको हिरासतबाट जिल्ला अदालत लगिएको हो।
उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएको छ। प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए। उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका थिए।

