जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं। जापानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो।

थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो। बसमा चालक दलका सदस्य सहित ४० जना थिए। जसमा दुई नेपालीसहित तीन जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर