प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु भएको छ। बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो। बैठकमा नियम निलम्बनको प्रस्ताव पेस गरिएको छ।

बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। सोहीसँग सम्बन्धित नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो। कांग्रेसका रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्तौला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएका छन्। उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्ने पाउनेछन्। सो प्रस्ताव बैठकले पारित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर