काठमाडौं। नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद् बैठकमा उपस्थित भएकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका श्रीमान् बालकृष्ण खाँण पक्राउ परेपछि उनी सार्वजनिक सम्पर्कबाट बाहिर थिइन्।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संसदको कार्यक्रममा मञ्जु उपस्थित भएकी हुन्। खाँणमाथि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ करोड लिएको आरोप छ।

