आइपीएलमा राजस्थानको प्लेअफमा पुग्ने सम्भावना जिवितै

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को प्लेअफको सम्भावना कायमै राखेको छ ।

चालु सिजनको ६६ औं खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेसँगै राजस्थानले प्लेअफको सम्भावना कायमै राखेको हो ।

हारसँगै पञ्जाब किंग्स भने प्लेअफको दौडबाट बाहिरिएको छ । जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । लिगका सबै खेल खेलेपछि उनको खातामा १४ अंक छ भने पञ्जाबको टोलीले १२ अंक मात्र जोड्न सकेको छ ।

प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बई र बेंगलुरुको हारको लागि प्रतिक्षा गर्नुपर्नेछ । धर्मशाला मैदानमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।

जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रनको लक्ष्य पुरा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय