म्यान्चेस्टरलाई तेस्रो पटक इंग्लीश प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यान्चेस्टर सिटीले लगातार तेस्रो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनललाई नटिङ्घम फरेष्टले १–० ले हराएपछि म्यान्चेस्टर सिटी च्याम्पियन बनेको हो ।

प्रशिक्षक पेप ग्वार्डीयोलाको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको म्यान्चेस्टर सिटीका लागि यो उपाधि पछिल्लो ६ वर्षमा पाँचौ लिग उपाधि हो । प्रिमियर लिगसँगै सिटी यस वर्षको च्याम्पियन्स लिग र एफ.ए कप फुटबलको पनि फाइनलमा पुगेको छ ।

लिगमा आर्सनलले अब एक खेल खेल्न बाँकी छ भने सिटीले ३ खेल खेल्न बाँकी छ । ३५ खेलबाट म्यान्चेस्टर सिटीको ८५ अंक छ भने ३७ खेल खेलेको आर्सनलको ८१ अंक छ । ३६ खेलबाट समान ६९ अंक जोडेका न्युकासल युनाइटेड र म्यान्चेस्टर युनाइटेड तेस्रो र चौथो स्थानमा रहेका छन् ।

६६ अंक जोड्दै पाँचौ स्थानमा रहेको लिभरपुल पनि शिर्ष चारमा पर्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय