उखु किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग

काठमाडौं। सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले लामो समयदेखि उखु किसानले रकम नपाएको भन्दै सरकारको ध्यानाकर्ष गराएका हुन्।

धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताउँदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने ? कसरी मल किन्ने कसरी बिउ किन्ने? त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस्।

उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ। ‘किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर