लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा भएको चित्रबहादुर केसीको भनाइ

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।आज आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन्।

उनले नेपालमा संघीयता विरुद्धको जनमत तयार भइरहेको पनि बताए। उनले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताए।

उनले कालापानीबाट भारतिय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए। उनले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका निति, कार्यक्रम पारित हुनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर