जसपा संसदीय दलको नेता बने उपेन्द्र यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकमा उपेन्द्र यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको जसपा नेपालका सांसद प्रदीप यादवले जानकारी दिए ।

जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दिपेन्द्र झा र अर्जुन थापा सदस्य थिए ।

सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचन समबन्धी बैठक बोलाएको थियो । बैठकले सर्वसम्मतिबाट उपेन्द्र यादवलाई दलको नेता चयन गरेको सांसद यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर