काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता आज मंगलबार पाएको छ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा०का वीरेन्द्र कुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गरेर मन्त्रिपरिषदले पुर्णता दिईएको हो ।
जसपाबाट यसअघि अशोक कुमार राई शिक्षा मन्त्री बनिसक्नु भएको छ। आज जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

