नक्कली शरणार्थी प्रकरण : तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले बयानमा गरे यस्तो दाबी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना संकलन एवं विश्लेषणका लागि आफूले शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको दावी गरेका छन् ।

पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले सूचना संकलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको र भुटानी शरणार्थीको प्रक्रिया टुंग्याउन त्यसको उपयोग गरिएको दावी गरेका छन् ।

‘सम्पर्कमा आउनेमध्ये अनुसन्धान प्रयोजनको लागि आवश्यक ठानिएका व्यक्तिसँग सूचना संकलन गर्न, सूचनाको विश्लेषण गर्न एवं आवश्यक निर्णय गर्न सूचनाको उपयोग गर्न सक्छ ।

आफ्नै कार्यकालमा भुटानी शरणार्थीको नाममा नेपालीलाई विदेश पठाउने चलखेल रोकिएको भन्दै सचिव पाण्डेले शरणार्थीको नाममा उठाएको पैसा फिर्ता गर्नु परेपछि विचौलियाले प्रतिशोधको रुपमा आफ्नो नाम मुछेको दाबी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग सम्पर्क भएको विषय पटक पटक स्वीकार्दै उनले गृह मन्त्रालय राजनीतिक प्रकृतिको र जनसम्पर्क हुने मन्त्रालय भएकाले विभिन्न व्यक्तिहरुसँगको सम्पर्कलाई अन्यथा लिन नहुने बयान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर