बझाङमा आज बिहानै भूकम्प

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४।५ रेक्टर स्केलको भूकम्प गएको हो।

बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।

यसअघि रुकुम पूर्वको हुकाम केन्द्रविन्दु भएर आइतबार ७ गते बिहान ४।१ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर